नेकपा दाहाल-नेपाल समूहले गरे ६८ जिल्लामा नेतृत्व चयन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । सोमबार पार्टीले ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो ।

जसमा पुष्‍पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् । दाहाल समूहले ९ बुँदे मापदण्ड बनाएको थियो । जसमा करिब आधा-आधा गर्ने सहमति गरेका थिए ।

यसैगरी यो समूहले काठमाडौैं, ललितपुर र भरतपुर महानगरपालिकाको अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ । बाँकी रहेका १२ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि एक समूहले अर्को समूहलाई हटाएर नेतृत्व लिने प्रक्रिया चलिरहेको छ ।

हेर्नुहोस् सूची : 

Prachanda-Nepal jilla neta

कमेन्टहरु
Loading...