पोखरा । लेकसिटी क्लेज एण्ड रिसर्च सेन्टरमा प्रथम वर्षमा अध्यानरत विद्यार्थीले सोमबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजकले जानकारी दिएका छन् ।
रक्तदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गेहेन्द्रश्वर कोइरालाले विद्यार्थीको सामाजिक सेवा भावले अन्य व्यक्तिलाईपनि सामाजिक कार्यमा अग्रसर हुन प्रोत्साहन गर्ने धारणा व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै क्षेत्रीय रक्त सञ्चार प्रमुख अर्जुन ज्ञवालीले यस्ता कार्यक्रमले रगतको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने बताएका थिए । सामाजिक सेवा भावलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक कृष्णकला पौडेलको भनाइ छ ।