आज दिउँसो साढे १ बजे भट्टराईको परीक्षण हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको दिल्लीस्थित ‘इनस्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा आज स्वास्थ्य परीक्षण हुँदैछ ।

आज दिउँसो १ः३० बजे प्रोफेसर डा विक्रम भाटियाले स्वास्थ्य परीक्षण गर्ने भट्टराईको सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात रोगको उपचार विधि टुंगो लगाइने छ ।

भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

चिकित्सकहरुले न्युरो(इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उनी त्यसको उपचारका लागि आइतबार दिल्ली गएका हुन् ।

कमेन्टहरु
Loading...