सुकुम्बासीको समस्या समाधान हुन्छ: भुमी आयोग कास्की अध्यक्ष

पोखरा । भूमि सम्बन्धी आयोग कास्कीका अध्यक्ष दामोदर वैरागीले सुकुम्बासी तथा भुमिहिनको समस्या समाधान हुने बताएका छन् ।

आइतबार पोखरामा आयोजित नेकपाको वडा भेला बैठक तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष वैरागिले भुमिहिनको समस्या चाडै समाधान हुने बताएका हुन् । उनले अब कोही पनि भुमिहीन नहुने दाबी समेत गरेका छन् ।केपी ओली नेतृत्वको सरकारले भूमिहीनहरुको समस्यालाई समाधान गर्ने वैरागिको भनाइ छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ पार्वती टोल विकास संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा सभासद प्रभा कोइराला,मिना गुरुङको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै टोल विकास संस्थाका अध्यक्ष प्रकाश शर्माले सुकुम्बासीको समस्या सरकारले चाडै नै समाधान गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

त्यस्तै गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले सुकुम्बासीको हातमा छिटै नै लालपुर्जा हुने दाबी गरिन । ‘अब चाडै नै सबै सुकुम्बासीको हातमा लालपुर्जा हुन्छ’ उनले भनिन्, ‘सरकारले सुकुम्बासीको लागि कदम उठाइसकेको छ ।’

यस्तै मिना गुरुङले पनि सबै भुमिहिनलाई सरकारले दिएको प्रतिबद्धता पूरा हुने बताएकी थिईन् ।

कमेन्टहरु
Loading...