महाकाली करिडोरको काम सहज हुन्छ : मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोर निर्माण सहज हुने बताएका छन् ।

भीमदत्त नगरपालिकाले आयोजना गरेको चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा उनले सो करिडोरका लागि वन मन्त्रालयबाट भइरहेको बाधा व्यवधान हटाउने प्रतिबद्धता जनाए ।

करिडोर कञ्चनपुरको ब्रम्हदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम पुग्ने छ । उनले नेपाल र भारतबीच जोड्न महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलका लागि २५० क्वीन्टलका ढुङ्गा आवश्यकता परेको र वनको मापदण्डअनुसार समस्या भएको गुनासोलाई वन मन्त्रालयले सहज बनाउने बताए ।

सो पुल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । उक्त पुल निर्माणको शुरूआत केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा गरिएको थियो ।

मन्त्रालयले सात वटै प्रदेशमा चिडियाखाना निर्माणको पहल गर्ने मन्त्री आलेलेले जानकारी दिए ।

साथै उनले नेपालमा पनि २५ ठाउँमा खुला चिडियाखाना बनाइने बताए ।

कञ्चनपुरमा २०५८ सालदेखि समस्याका रूपमा रहेको आररक्ष विस्थापितको समस्यालाई समाधान गर्न मन्त्री आलेले चाँडै जग्गाधनी बनाउने गरेर प्रक्रिया थाल्ने प्रतिबद्धता जनाए।

सो कार्यक्रममा विघठित संसद्का सांसद निरू पाल, सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशराज जोशी, नगर प्रमुख सुरेन्द्र विष्टलगायतले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटनको आगमन बढाउनुपर्नेमा जोड दिइन् ।

कमेन्टहरु
Loading...