पछिल्लो २४ घण्टामा नेपालमा थप ८० जनामा संक्रमण पुष्टि

पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजका संक्रमितसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको छ ।

हाल नेपालमा १ हजार ४ सय ९४ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय २१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार ८ सय ७६ पुगेको छ ।

त्यस्तै आज नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या सुन्य छ । अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ हजार ६१ पुगेको छ ।

कमेन्टहरु
Loading...