गन्थन डेस्क
प्रदेश नम्बर १ को सातौं तथा हिँउदे अधिवेशनको तेस्रो बैठकले मुख्यमन्त्री शेरधनराई विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको छ ।
प्रदेश सांसद इन्द्रबहादुर आङबो प्रस्तावक र लक्ष्मण तिवारीको समर्थनमा मुख्यमन्त्री राई विरुद्ध प्रस्ताव दर्ता गरिएको हो । प्रस्ताव दर्ता गर्दै सांसद आङबोले संविधानको धारा १८८ ९४० तथा प्रदेशसभा नियमावली २०७४ को १२९ ९१० बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश गरेको बताए ।
आङबोले भने ‘लोकतन्त्रमाथि गम्भीर प्रहार गर्ने प्रधानमन्त्रीको जुन निर्णय भयो त्यो प्रतिगमन हो ।’ त्यस्तै, उनले प्रधानमन्त्रीले ताजा जनादेशको उल्लंघन गरेको भन्दै सर्वसत्तावाद लाद्न खोजेको आरोपसमेत लगाए ।
मुख्यमन्त्री राइले बैठक राेक्न निकै प्रयास गरेपनि सभामुख प्रदीपकुमार भण्डारीले बैठक सुरू गरेपिछ अविश्वासकाे प्रस्ताव पेश भएकाे हाे । सभाको अर्काे बैठक २० गते बिहीबार दिउँसो १ बजे हुनेछ ।