पोखरा । पोखरा महानगरपालिकामा ३४ जना सहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आइतबार प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका कोरोना संक्रमितमध्ये ३४ जना पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै स्याङ्जा, बागलुङ र म्याग्दीमा १ १ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ३८ पुगेको छ ।