पोखरा । रामेश्वर कृषि संस्थाको ८ औं वार्षिक उत्सवको अवसरमा जेहेन्दार विद्यार्थीलाई कापी, कलम तथा झोला वितरण गरिएको छ । पोखराको दमसादीमा रहेको बाल कल्याण आधारभूत विद्यालयमा एक कार्यक्रम बिच कापी, कलम तथा झोला वितरण गरिएको हो । विद्यालयका ५२ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष डि. आर. भट्टराईले जानकारी दिए ।
२०८२ कार्तिक २२ गते शुक्रबार