पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले विकास समृद्धीको यात्रालाई छेक्ने प्रयास गरेको बताएका छन् ।
नेकपा प्रदेश १ कमिटिले विराटनगरमा आयोजना गरेको बृहत आमसभा बोल्दै उनले आफुले दुइचार सिटमा सिमित हुने प्रचण्डलाई बचाइदिएको बताए ।
‘मैले दुई चारसिटमा सिमित हुने प्रचण्डलाइ ल्याएर ठूलो जुरो र सिंह हाल्दिएको थिए, उहाँमा अहंकार चढ्यो र हामीलाई नै सिध्याउँछु भन्नुभयो’,उनले भने ।
उनले प्रचण्डको राजनितिक असफलतालाई कसैले जोगाउन नसक्ने बताए ।
‘प्रचण्ड जीको त मलाई माया लाग्छ पहिले उहाँसंग बैद्य हुनुहुन्थ्यो डाक्टर लिनुभयो दुवै छाडेपछि अहिले झाँक्री लिनुभएको छ उहाँलाई झाँक्रिले बचाउन सक्दैन ।’,उनले भने ।
नेपाली जनताको एकता र बलले समृद्ध नेपाल सुखी नेपाली बनाएरै छाड्ने उनको भनाइ थियो ।