सर्वोच्चको फैसला आएपछि बोल्छु : सुवासचन्द्र नेम्वाङ

नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा प्रधानमन्त्रीले जनता गुहार्न जान पाउने अधिकार राखेको बताए ।

नेकपा प्रदेश नं १ कमिटिले विराटनगरमा गरेको बृहत आमसभामा बोल्दै  उनले फागुन ११ देखी १५ गते भित्र सर्वोच्चको निर्णय आउने बताए ।

सर्वोच्चमा विचाराधिन मुद्धामा पूर्व प्रधानमन्त्रीहरुले घाँटीमा प्लेकार्ड झुण्डाएर अदालत अगाडी बसेर अदालतलाई धम्की दिएको उनले आरोप लगाए ।

उनले प्रधानमन्त्री दुई सय प्रतिशत पुर्नस्थापना हुदैन भन्ने विश्वस भएको बताउँदै आफु प्रधानमन्त्रीको विश्वासको पक्षमा रहेको बताए ।
उनले आँफु सर्वोच्चको फैसलापछि धारण व्यक्त गर्ने बताए ।

देशमा निर्वाचनको माहोल सुरु भइसकेको बताउँदै अदालतको मुद्धा फैसलापछि सबै दलले जनतासंग मत माग्न थाल्ने बताए ।

प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले आफ्नै सरकारको सरकार ढालेर मुलुकमा अस्थिरतामा लैजाने प्रयासलाई रोक्न प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय सही रहेको बताए ।

दाहाल नेपाल र झलाथ समुहले अध्यारोबाटो रोजेको बताँउदै मुलुकलाई अध्यारो दिशा तर्फ उन्मुख गराउन खोजेको आरोप लगाए ।

कमेन्टहरु
Loading...