पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा गण्डकी सह–इन्चार्ज खगराज अधिकारीले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन् ।
फागुन १५ गते अमरसिंह चौरमा हुने विशाल आमसभाको तयारीका लागी नेकपा वडा नं ३१ कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेता अधिकारीले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार रहेको दाबी गर्दै चुनावलाई कसैले रोक्न नसक्ने बताए ।
उनले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन र मुल पार्टी भएको बताए ।
वडा नं ३१ अध्यक्ष कमल थापाले कुर्सी लोभका कारण प्रचण्डले अविश्वासको प्रस्ताव ल्याएको बताए ।
वडा नं ३१ नेकपा अध्यक्ष गणेश बहादुर थापाको अधयक्षतामा सम्पन्न भेलामा नेकपाका नेता चतुरे विक , जिल्ला समन्वय समिति कास्की उपप्रमुख सावित्री भण्डारी लगायतले बोलेका थिए ।
भेलामा वडा नं ३१ का करिब २ सय जनाको उपस्थिती रहेको थियो ।