आज विराटनगरमा ओली समुहको शक्ति प्रर्दशन

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।

आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्नेछन् ।

प्रतिनिधिसभा विघटनपछि नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन शक्ति प्रर्दशन गर्दै आइरहेको छ ।

विराटनगरमा हुने शक्ति प्रर्दशनमा दुई लाख जनता उपस्थित हुने प्रदेश- १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।

विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामाका लागी प्रदेश १ का विभिन्न जिल्लामा १ हजार ५०० सार्वजनिक बसको व्यवस्था गरिएको उनले बताए ।

कमेन्टहरु
Loading...