प्रदेश २ का प्रमुख तिलक परियार मन्त्रिपरिषद्काे सिफारिशमा राष्ट्रपतिबाट हटाइए

फाइल तस्बिर

गन्थन डेस्क

२०७४ कात्तिक १८ गते प्रदेश प्रमुख नियुक्त भएका तिलक परियार आज मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट पदमुक्त भएका छन् ।

भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड ख बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् । परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद हुन्।

बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द (विप्लव)को समूहमा थिए। पछि उनी फेरि माओवादीमा फर्किएका थिए।

कमेन्टहरु
Loading...