प्रचण्ड-माधव पक्ष नागरिकता र परिचयपत्रसहित निर्वाचन आयोग जाँदै

काठमाडौं । प्रचण्ड-माधव पक्ष आज बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्र सहित आयोगमा जाने भएको छ । निर्वाचन आयोगले पुस ५ गतेपछिको नेकपाका दुवै पक्षका निर्णय अमान्य भनेपछि पार्टीको आधिकारिकता नपाउने आशंका गरेपछि पार्टी आयोग जान लागेको हो ।

पेरिसडाँडास्थित प्रचण्ड–माधव पक्षको केन्द्रीय कार्यालयले विहीवारै केन्द्रीय सदस्यहरुलाई आफ्नो नागरिकता र परिचयपत्रसहित उपस्थित हुन सूचना पठाएको थियो । सो सूचनापछि काठमाडौं बाहिर रहेकाहरु पनि काठमाडौं आउँदैछन् ।

आयोगलाई दबाब दिने उद्देश्यले प्रचण्ड(माधव पक्षले केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा भेला हुन सूचना गरेको छ । सबै भेला भएपछि प्रचण्ड र माधव नेपाल सहित निर्वाचन आयोगमा जाने तयारी छ ।

नेकपा केन्द्रीय सदस्यको परिचयपत्रमा अध्यक्ष केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । प्रचण्ड(माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरेपनि आयोगले सो निर्णयलाई मान्यता दिएको छैन ।

कमेन्टहरु
Loading...