दाह्री ग्याङ्गले पोखराका चोकमा राष्ट्रिय झण्डा फहरायो

दाह्री ग्याङ्ग पोखराले आफ्नो पाँचौ वार्षिक उत्सबको अवसरमा पोखराका पाँचवटा मुख्य चोकहरुमा नेपालको राष्ट्रिय झण्डा राखेको छ ।

सामाजिक कार्यमा निरन्तर लागिरहेको युवाहरुको समुह दाह्री ग्याङ्गले अमरसिंह चोक, विरौटा, हरिचोक, महेन्द्रपुल र पृथ्वीनारायण क्याम्पस अगाडी नेपालको झण्ड फहराएको हो ।

दाह्री ग्याङ्ग पोखराका अध्यक्ष अभिमन्यु विक्रम पाण्डेले झण्डा फहराएर कोरोनापछि पोखराले पर्यटकहरुलाई स्वागत गरेको छ भन्ने सन्देश दिन खोजिएको बताए ।

ग्याङ्गका पोखराका संस्थापक संयोजक शेखर गौतमले दाह्री पालेका युवाहरुले सामाजिक उत्थानका लागि अभियान अन्तरगत विद्यालयमा सेतोपाटी वितरण गर्ने , बिरामीहरुलाई उपचार खर्च उपलब्ध गराउने , सडकमा जेव्रा क्रसिङका रचनात्मक कार्य गर्दै आइरहेको बताए ।

दाह्री पालेका युवाहरु प्रति समाजमा रहेको भ्रम चिर्नका लागि समाजको रुपान्तरणका सक्दो भुमिका निर्वाह गर्दै आइरहेको उनले बताए ।

कमेन्टहरु
Loading...