काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले कहिल्यै अदालतको अवहेलना नगरेको स्पष्ट परेका छन् ।
अदालतको अवहेलना मुद्धामा सर्वोच्चमा पेश गरेको लिखित जवाफमा प्रधानमन्त्रीले भनेका छन्, ‘लोकतन्त्र,विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको लागि पाँच दशकभन्दा लामो समयदेखी संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नु समेत दूराग्रहपूर्ण छ ।’
उनले अदालतबाट भएका फैसला तथा आदेशको आफु र आफु नेतृत्वको सरकारले कार्यान्वयन र सम्मान गरेको दाबी गरेका छन् ।
आफु सत्यसंग नलड्ने र शक्तिसंग नझुक्ने सिद्धान्त अडिग रहेको जवाफमा उल्लेख गरेका छन् ।