नेपालका हालसम्म २ हजार ३०० अनलाइन सञ्चारमाध्यम दर्ता

काठमाडौं ।  सूचना तथा प्रसारण विभागका अनुसार अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ ।

चालु आर्थिक वर्षमा ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।

जसमा साउन ६९, असोज ९१, मङ्सिर १ सय ६१, पुस १ सय १७ र माघ पहिलो सातासम्म ४० वटा दर्ता भएको विभागले जनाएको छ ।

२०७५/७६ मा ५ सय ५० वटा अनलाइन नयाँ दर्ता भएका छन् भने १७ वटा पुनः दर्ता गएिको छ ।

हालसम्म दुई हजार  ३ सय २५ अनलाइन दर्ता भएका छन् ।

दैनिक, अर्थ साप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्थ वार्षिक र वार्षिक गरी सात हजार ८०७ पत्रपत्रिका दर्ता गरिएको छ ।

प्रसारण विभागका अनुसार हालसम्म एक हजार १ सय २७ एफएम रेडियो र २ सय २ टेलिभिजन च्यानलले इजाजत पाएका छन ।

 

कमेन्टहरु
Loading...