प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाब दिन नेकपाको दाहाल-नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ ।
चौथो चरणको आन्दोलन अन्तर्गत मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको नेकपा दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।
करीब १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने दाबी गरिएको कार्यक्रम अपराह्न ४ देखि ५ बजेसम्म हुनेछ । भुसालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल( नेपाल समूह पुस ५ पछि आन्दोलीत छ ।
समूहले ५ फागुन देखि २१ फागुनसम्म चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको छ ।