सन्तोष अधिकारीको ‘गहिरो थियो मेरो माया’ सार्वजनिक

पोखरा । सन्तोष अधिकारी हाल अष्ट्रेलिया छन् । अष्ट्रेलिया भए पनि नेपाली गीत संगीत र चलचित्रमा उनको सक्रियता देखिन्छ । अधिकारी १ सफल व्यवसायी हुन् । पोखरामा अधिकारी एएसएपी ग्रुप र अरकेडी गु्रपसँग आबद्ध छन् । यस्तै तनहुँको बन्दिपुरमा बन्दै गरेको बन्दिपुर केबुलकारमा समेत उनको लगानी छ । अधिकारीको लगानी यतिमा मात्र सीमित छैन । चलचित्र क्षेत्रमा समेत सह–निर्माताको भूमिकामा उनलाई देख्न सकिन्छ । पछिल्लो समय सफलता कमाउँदै गरेको सिनेमा ‘आमा’ का अधिकारी सह–निर्माता हुन् ।

अधिकारीले अर्पण थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘घर’ मा समेत सह–निर्माताको रुपमा काम गरेका न् । चलचित्र ‘तीन जन्तु’ जुन प्रदर्शनको क्रममा छ, त्यसमा अधिकारी निर्माता हुन् । व्यवसायिक सँगै चलचित्र क्षेत्रमा लगानी गर्दै आएका अधिकारी अब म्युजिक भिडियो निर्माणमा पनि होमिएका छन् । उनले निर्माण गरेको म्युजिक भिडियो हो ‘गहिरो थियो मेरो माया’ । अजय कुमार अधिकारीको शब्द र संगीतमा रहेको गीतलाई गायक सनुप पौडेलले गाएका हुन् । जसमा निर्देशन समेत अधिकारीको छ ।

अधिकारीले उक्त म्युजिक भिडियोलाई निर्देशन मात्र गरेका छैनन् । अभिनय पनि उनको छ । जसमा उनलाई निखिला बुढाथोकीले साथ दिएकी छिन् । एएसएपी इन्टरटेन्मेन्ट अष्ट्रेलियाको प्रस्तुती सो म्युजिक भिडियोको छायांकन अष्ट्रेलियाको रमणीय स्थलमा गरिएको हो । नेपाली गीत संगीत र चलचित्र अब अन्तराष्ट्रिय मार्केटमा जानुपर्ने अधिकारी बताउँछन् । सुरुआत गरे नै सफलता मिल्नेमा उनी विश्वस्त छन् ।

उसो त कोरोना महामारी कै समयमा अधिकारीले अष्ट्रेलियामा ‘आमा’ हलमै प्रदर्शन गराएका थिए । अधिकारी १ युवा समाजसेवी व्यक्ति पनि हुन् । विभिन्न रोग लागेर उपचारका लागि अस्पतालको शैयामा छट्पटाएका कति बिरामीलाई उनले सहयोग गरेका छन् । मानवता सबै भन्दा ठूलो धर्म भएको उनको तर्क छ । आगामी समयमा पनि नेपाली गीतसंगीत र चलचित्र क्षेत्रको उत्थानका लागि आफू लागिरहने प्रतिबद्धता उनले जनाएका छन् । लगानी, व्यवसाय, निर्देशन र अभिनय अधिकारीका रुचीका विषय हुन् ।

कमेन्टहरु
Loading...