नेपाल मै पहिलो पटक प्रमाणपत्र वितरण सकारात्मक ः सभासद पौडेल

पोखरा, २० पुस । पोउमनपा वडा नं ३ कोपिलढुङ्गा टोल विकास सस्था नदीपुर पोखराले आफ्ना टोलबासीलाई घरधुरी प्रमाणपत्र वितरण गरेको छ । नेपाल मै पहिलो पटक वितराण गरिएको घरधुरी प्रमाण पत्र वितराण कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं २ बाट सभासद बनेकी शारदा पौडेलले उक्त कार्य सरकारले गर्न नसकेको भन्दै टोल विकास सस्थालाई धन्यबाद दिएकी थिइन् । उनले आफू तपाईहरुको मान्छे भएकाले निर्धक्क भएर हरेक विषयमा प्रश्न राख्न आग्रह गरिन् ।

उनले टोल विकास सस्थाले आयमूलक कार्यमा लाग्न आग्रह गर्दै आफ्नो क्षेत्रमा हुने सवै बिकासे योजनालाई साथ दिने बताउँदै बधशाला निर्माण, नदीपुर–मनिपाल पुल निर्माण, ढल निर्माण आदि काममा सहयोग गर्ने बताएकी थिइन् । सस्थाका अध्यक्ष विष्णुशंखर ख्वाउजूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा परिचालिका नगरपालिकाको प्रतिनिधि यशोदा तिमिल्सिना, वडा समन्वय समिति वडा नं ३ का अध्यक्ष शशिधर पराजुली, एमाओवादीका प्रतिनिधि उमेश सिके, जनभावना पार्टीका अध्यक्ष सुर्यबहादुर खड्का ‘विखर्ची’, कन्यामार्ग टोल विकास सस्थाका अध्यक्ष शान्तिदेवी पराजुली, बालमन्दीर टोल विकासका अध्यक्ष विष्णु बाँस्तोला, निलगिरी टोलका अध्यक्ष सुरेन्द्र परियार, ज्ञानमार्ग टोल विकासका अध्यक्ष दिलिप गिरी, तर्सापट्टी टोल विकास सस्थाका अध्यक्ष जितेन्द्र कायस्थ लगायतले बोलेका थिए ।

सस्थाका सचिव निरु श्रेष्ठको सञ्चालनमा रहेको उक्त कार्यक्रममा सस्थाका कोषाध्यक्ष सुकदेब तिवारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । सस्थाले आफ्नो टोलमा रहेको एक सय घरधुरीमा फोटो सहितको परिवार सख्या सहित परिचय पत्र वितराण गरेको थियो । सस्थाको तेस्रो अधिबेशनले पुनः विष्णुशंकर ख्वाउजुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । सस्थाको उपाध्यक्षमा रमा सिके, सचिवमा मिनु श्रेष्ठ, कोषाध्यक्षमा सुकदेव तिवारी, सह सचिवमा जितबहादुर नेपाली र सदस्यहरुमा पुनमायाँ श्रेष्ठ, रजिता राई पौडेल, सुधिर श्रेष्ठ, मोतिराज बराल, सन्तोष नेपाली, सरुमायाँ नेपाली रहेका छन्

कमेन्टहरु
Loading...