बर्दिया पोखरा सम्पर्क समाजको अध्यक्षमा पौडेल

बर्दिया पोखरा सम्पर्क समाजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले टंकप्रसाद पौडेल (प्रदीप)को अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार सम्पन्न समाजको अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि पौडेललाई नेतृत्व सुम्पिएको हो ।

समाजकाे वरिष्ठ उपाध्यक्ष हिमालय बख्रेल, उपाध्यक्ष केशवराज पौडेल, महासचिव सुरेशराज सुवेदी, सचिव नरेन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष पुष्पा मरासिनी र सहकोषाध्यक्षमा अनिष अधिकारी निर्वाचित भएका छन् ।

सदस्यहरुमा शान्ति बास्तोला, सीताकुमारी थारु, दीपक पौडेल, विन्दु अधिकारी चापागाई, उषा रिमाल, तोयनाथ अधिकारी, पदमप्रसाद ढकाल निर्वाचित भएको निर्वाचन समिति संयोजक गोविन्दप्रसाद अधिकारीले जानकारी दिए ।

यसअघि समाजका अध्यक्ष प्राडा दयाराम पोखरेलले आफ्नो दुई वर्षे कार्यकालमा भएको कार्य प्रगतिबारे आजीवन सदस्य र सदस्यहरुमाझ जानकारी गराएका थिए । साधारण सभाले महासचिव हिमालय बख्रेल र कार्यवाहक कोषाध्यक्ष पुष्पा मरासिनीले प्रस्तुत गरेको प्रतिवेदन पास गरेको थियो ।

अधिवेशनकै अवसर पारेर समाजले वनभोज कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले समाजले दुई फरक भूगोललाई भावनात्मक रुपमा जोड्न मद्दत गर्ने बताए ।

समाजका संस्थापक अध्यक्ष दीपक पौडेलले कोरोना महामारीमा झेल्नु परेको समस्या सम्झँदै समाजकै कारण बर्दियालीहरुको पोखरा र आसपासका क्षेत्रबाट उद्धार एवं राहत वितरण सम्भव भएको सुनाए ।

समाजलाई पुर्‍याएको योगदानको कदर गर्दै संस्थागत रुपमा वेस्ट नेपाल डेभलपमेन्ट ट्रष्टलाई र राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका संरक्षक प्रजापति पराजुलीलाई विधानबमोजिम संस्थाको मानार्थ सदस्य प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...