पोखरा । नेपालमा थप १ सय ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा १ सय ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये ४० जना महिला तथा ६५ जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २लाख ७२ हजार ९ सय ४५ पुगेको छ । हाल नेपालमा १ हजार ५ सय ८७ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ३ हजार ३ सय ६० जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ९९ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार ३ सय ३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोनाबाट कसैले ज्यान गुमाएनन् । हाल नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ५५ छ । हाल नेपालमा ९ सय ७६ जना कोरोना भाइरस संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ६३ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालमा १३ जना कोरोना भाइरस संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मुगु, अछाम तथा रुकुम पश्चिम सक्रिय कोरोना भाइरस संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला हो ।