काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भागरथी भट्टको लात्कारपछि हत्यामा संलग्न अपराधीको नजिकै प्रहरी पुगेको दावी गरेका छन् । आज सर्वोच्च अदालत, बार एसोसियसन, महिला समितिले बैतडीकी १७ वर्षीय किशोरी भट्टको हत्यामा संलग्नलाई पक्राउ गरेर कडा कारवाहीको माग गर्दै गृहमन्त्री बादल समक्ष ज्ञापनपत्र बुझाएको थियो ।
सोही क्रममा आफ्नो संक्षिप्त धारणा राख्दै गृहमन्त्री बादलले घटनामा संलग्न दोषी नजिकै प्रहरी पुगिसकेको दावी गरेका हुन् । भट्टको हत्या घटनाका विषयमा सरकार गम्भीर रहेको उनले बताएका छन् । कञ्चनपुरकी निर्मला पन्तको घटना जस्तो जटिल नभएको बताउँदै गृहमन्त्री बादलले भट्टको प्रकरणलाई ढुंगोमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।