काठमाडौं । आज श्रीपञ्चमी तथा वसन्तपञ्चमी । देशभरी नै आज श्रीपञ्चमीका अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आरधना गरेर मनाइंदै छ । आजबाट वसन्त ऋतु समेत सुरु हुने विश्वास रहेकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
यो अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । राजतन्त्र हुँदासम्म राजा जाने गरेकोमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएसंगै वसन्त श्रवणका लागि राष्ट्रपति सहभागी हुने चलन सुरु भएको थियो । वसन्त श्रवणका लागि राष्ट्रिपति विद्यादेवी भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा लगायतका नेताहरु सहभागी भएका थिए ।
तस्बिरः प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुक पेजबाट