एक्याप पोखराको कार्यालयमा अख्तियारको छापा

गोकुल बानिया
पोखरा २० पुष/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको पोखरा स्थित छापा मारेको छ । कार्यलय प्रायोजनको कम्प्युटर खरिद प्रक्रियामा अनियमितताको साथै बन्यजन्तुको अबैध चोरी सिकारीमा संलग्नताको उजुरीको आधारमा अख्तियारले छापा मारेको हो ।सार्बजनिक खरिद ऐन बिपरित कप्युटर खरिद गरेको र अनियमितताको उजुरीका आधारमा छापा मारी आबश्यक कागजाज नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ । एक्यापको बिरुद्धमा अख्तियारको क्षेत्रिय कार्यालय पोखरामा ५ भन्दा बढी बेनामे उजुरी परेका छन् । सोहि उजुरीको आधारमा छानबिन सुरु गरिएको अख्तियारले जनाएको छ ।

उजुरीमा आयोजनाको कार्यालयमा अनियमितता भएको , अन्नपूर्ण संरक्षण क्षेत्र ब्यबस्थापनको जिम्मा पाएको आयोजनाले प्रतिबन्धित बन्यजन्तुको छालाको अबैध ब्यापार गरेको, बन्यजन्तुको चोरी सिकारीलाई प्रोत्साहन दिएको, संरक्षण क्षेत्रमा घुम्न पुगेका पर्यटकसंग रकम असुलेर अबैध सिकारको काम गरेको लगायतका आरोप लगाईएको छ ।

संरक्षण क्षेत्रमा रहेको बन्यजन्तुको संरक्षण गर्नुपर्ने जिम्मा पाएको निकायलेनै अबैध चोरी सिकारीलाई आश्रय दिएर अबैध रकम असुल्ने गरेको उजुरीमा उल्लेख छ । नेपालकै पहिलो र ठूलो अन्नपूर्ण संरक्षण क्षेत्रमा १२ सय २६ प्रजातिका बिरुवा, एक सय दुई स्तनधारी , चरा ४ सय ८८, सरिसृप ४० र २३ प्रजातिका उभयचर प्राणी रहेको तथ्याङ्क छ ।

५ जिल्लाको र ५७ गाविसलाई छोएको ७ हजार ६ सय २९ वर्ग किमि क्षेत्रमा फैलिएको संरक्षण क्षेत्र ब्यबस्थापनको लागि प्रत्येक गाबिसमा संरक्षण क्षेत्र ब्यबस्थापन समिति गठन गरिएको छ । स्थानिय स्तरमा रहेका ब्यबस्थापन समितिका पदाधिकारीे अनुचित लाभ लिन संरक्षण क्षेत्रमा रहेका बन्यजन्तुको चोरीसिकारीको साथै प्रतिबन्धित बनस्पतिको चोरीनिकासी कार्यमा समेत संलग्न रहेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका निमिक्त आयोजना प्रमुख नरबहादुर अम्गाईले अख्तियारले कार्यालयमा छापा मारेको नभई सामान्य जानकारीको लागि कागजपत्र लिएको दाबि गरे । हरियो बन कार्यधक्रम अन्तर्गत अघिल्लो बर्ष केहि ल्यापटप खरिद गरेको सोही खरिद प्रक्रियामा त्रुटी देखिएकाले सामान्य सोधपुछ मात्र भएको उनको जिकिर छ । बन्यजन्तुको चोरी सिकारीको सम्बन्धमा आयोजनाको कुनै संलग्नता नरहेको अम्गाईले बताए ।

कमेन्टहरु
Loading...