गण्डकी प्रदेशको ३ वर्षः स्थापना भएको ३ वर्ष पुग्दा समेत धेरै योजना पूरा भएन

पोखरा । आज फागुन ४ गते गण्डकी प्रदेश सरकारको ३ वर्ष कार्यकाल पूरा भएको छ । देशमा संघीयता आएपश्चात् प्रदेश सभाको चुनाव सम्पन्न भएर प्रदेशमा सदन बन्यो । घरघरमा सिहंदरबार पु¥याउने लक्ष्य सहित प्रदेशमा सरकार बन्यो । जसअनुरुप प्रदेशको अभिभावकको भूमिका निर्वाह गर्दै मुख्यमन्त्रीको कार्यभार पृथ्वीसुब्बा गुरुङले सम्हाले । कार्यभार सम्हालेपश्चात् क्याबिनेट बैठकले त्यस समय प्रदेशका लागि निर्णय लियो । प्रदेशमा १ घर १ धारा, २ वर्षभित्र प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने, विशिष्टकृत अस्पताल खोल्ने, अन्तर्राष्ट्रिय रंगशाला बनाउने र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने गरि क्याबिनेटमा ५ महत्वपूर्ण निर्णय भयो ।

१ घर १ धारा

क्याबिनेट भएको निर्णयमध्ये १ घर १ खानेपानी योजना अझै पूरा हुन सकेको छैन । आयोजना नआउँदासम्म प्रदेशमा १४ प्रतिशत घरधुरीमा पानी नपुगेको तथ्यांक थियो । प्रदेशले उक्त योजना पूरा गर्न १ सय २६ आयोजना समेत बनाएको थियो । तर उक्त योजनामार्फत् कति लाभान्वित भए प्रदेशसंग तथ्यांक छैन । यद्यपि प्रदेशले यस आर्थिक वर्षमा ८ वटा मात्रै योजना पूरा गरेको छ । बाँकी अर्को वर्ष पूरा गर्ने प्रदेश सरकारले प्रतिबद्धता व्यक्त गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा १४ प्रतिशत घटेर ४ प्रतिशत रहेको अनुमान गरेका छन् । अर्को वर्षसम्म योजना सफल भइसक्ने गुरुङको दाबी छ ।

कहाँसम्म पुग्यो २ वर्षमा उज्यालो प्रदेश बनाउने योजना ?

१ घर १ धारा योजना जस्तै उज्यालो प्रदेश बनाउने योजनाले पूर्णता पाएको छैन । सुरुआतमा प्रदेशमा ९१ प्रतिशत घरधुरीमा बिजुली पुगेको तथ्यांक थियो । बाकी ९ प्रतिशत घरधुरीमा २ वर्षसम्म बिजुली पु¥याउने योजना प्रदेश सरकारको थियो । तर सरकार ४ वर्षमा टेक्दा समेत शतप्रतिशत घरधुरीमा बिजुली पुगिसकेको छैन । प्रदेशले निकालेको तथ्यांकमा ३ वर्ष पहिला प्रदेशमा ७७ हजार काठेपोल काम नलाग्ने अवस्थामा थियो । हालसम्म ३० हजार पोलमात्र फेरिएको छ ।

प्रदेश सरकारको अन्तरास्ट्रिय रंगशाला बनाउने योजना

प्रदेश सरकारको ५ योजनामध्येको १ हो अन्तर्राष्ट्रिय रंगशाला । तर हालसम्म यो योजनाको सुरुआतसम्म हुनसकेको छैन । स्थानकै अभावमा यस योजनाको कागजी प्रक्रिया सुरु हुन नसकेको हो ।

जग्गा अभावमा अघि बढेन विशिष्टिकृत अस्पताल निर्माण

जग्गा अभावको समस्या देखाउदै प्रदेशमा विशिष्टिकृत अस्पताल निर्माण कार्य समेत अघि बढेको छैन । प्रदेश सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि १४ करोड बराबरको उपकरण किन्ने योजना बनाएको थियो । प्रदेशमा मुटुको उपचार र मिर्गौलाको उपचारका लागि १४ करोडको उपकरण किन्ने योजना बनेको हो । यस्तै यस आर्थिक वर्षमा त्यही क्यान्सर, मुटु, स्नायु र मिर्गौलाको उपचार गर्ने र २ सय बेडको क्यान्सर अस्पताल बनाउन निजी क्षेत्रसँग साझेदारी गर्ने योजना प्रदेशको छ । यस्तै यता प्रदेश सरकार गठन हुँदा प्रदेशमा बहुआयामिक गरिबीको रेखामुनिको तथ्यांक १४ दशमलव २ प्रतिशत देखाएको थियो । प्रदेश सरकारले ५ वर्षभित्र ७ प्रतिशतमा झार्ने योजना लिएको थियो । तर अहिले बहुआयामिक गरिबीको रेखामुनि १२ प्रतिशत जनता रहेको प्रदेश सरकारको तथ्यांक छ ।

कमेन्टहरु
Loading...