काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली तथा प्रचण्ड–नेपाल पक्षका विद्यार्थीहरुबीच झडप भएको छ । आज बिहान दुवै पक्षबीच झडप भएको प्रहरीले जानकारी दिएको हो । प्रहरीका अनुसार कुनै पनि पक्षबाट हालसम्म उजुरी आएको छैन । प्रचण्ड–नेपाल समुहका विद्यार्थीहरुमाथि ओली समुहका विद्यार्थीहरुले आक्रमण गरेको बताइएको छ ।
