अन्नपूर्ण गाउँपालिका-३ स्थित काँडे बराह मन्दिरका निबर्तमान पुजारी तथा बराह मन्दिर संरक्षक स्व.देबी प्रसाद पौडेल स्मृतीमा परिवारजनले अक्षय कोष स्थापना गरेका छन् ।
स्वर्गीय पौडेलका छोरा डिल्लीराम पौडेलका अनुसार पिताको १३ औं पुण्यतिथीका दिन परिवारजनको तर्फबाट अक्षयकोष स्थापनार्थ एक लाख ११ हजार १ सय ११ मन्दिर संरक्षण तथा व्यबस्थापन समितिलाई हस्तान्तरण गरिएको हो।
वि.सं १९८२ मा जन्मिएका पौडेलको माघ २१ गते निधन भएको थियो ।