चिल्ड्रेन–नेपाल बालबालिका युबा तथा परिबार कल्याण शाखाले बिद्यालय पढ्न सहयोग गरेका बालबालिकाहरुको लागी सोमबार पोखरा ७ स्थित श्रीकृष्ण माद्यमिक बिद्यालयमा ३८ जना बालबालिकाहरुको लागी बिद्यालय पोशाक बितरण गरेको छ ।
संस्थाका कोषाध्यक्ष शान्त पौडेलको अध्यक्षता र पोखरा महानगरपालीका ७ का वाड अध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एबम कार्यकारी निर्देशक रामचन्द्र पौडेलले संस्था स्थापना सगै संस्थाले श्रीकृष्ण माबिको शैक्षिक स्तर प्रबद्र्धनको लागी निरन्तर लागेको र बालबालिका स्वयंम आफुले जिउने र अरुको निम्ति उपयोगी हुने शिक्षामा लाग्न प्रेरीत गर्ने बताए ।
संस्थाले श्रीकृष्ण मा बि लगायत पोखरा महानगरपालिका भित्रका कन्या मा बि, धर्मस्थली आधारभुत बिद्यालय,नबप्रभात मा बि, कालिका मा बि, जनप्रिय मा बि, पार्दी माबि,सहारा आधारभुत बिद्यालय, राम आधारभुत बिद्यालय,सरस्वती आधारभुत बिद्यालय, बाराही मा बि पुर्णेश्वर मा बि पर्बत र बुद्ध नगर आधारभुत बिद्यालय काठमाण्डौका सामुदायिक र निजि गरी ६३ वटा बिद्यालयका ४५० जना बालबालिकाहरुको लागी बिद्यालय पोशाक बितरण गरेको पौेडलले जानकारी दिए ।
बालबालिकाहरुलाई पोसाक मात्रै नभई उनीहरुका अभिभाबकहरुको आय आर्जन र शसक्तिकरणमा पनि संस्थाले निरन्तर सहयोग गर्दै आईरहेको उनको भनाइ थियो ।
त्यसैगरी प्रमुख अतिथि वडा जं ७ अध्यक्ष रामचन्द्र बरालले संस्थाको कामको प्रशंसा गर्दै बालबालिकाहरुले संस्थाको सहयोगको उच्चतम सदुपयोग गर्दै आफुलाई रचनात्मक बनाउदै अगाडी बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष शान्त पौडेलले चिल्ड्रेन नेपाल र श्रीकृष्ण मा बि बिच नङ र मासुको सम्बन्ध रहेको कुरा बताउदै आगामी दिनमापनि बिद्यालयका बालबालिकाहरुको शिक्षामा निरन्तर साथ रहने बताइन् ।
कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वागत गर्दै श्रीकृष्ण माद्यमिक बिद्यालयका प्रधानाध्यापक टिकाराम लामिछानेले चिल्ड्रेन नेपाल र श्रीकृष्ण माद्यमिक बिद्यालय बिचको सुमधुर सम्बन्धका कारण बालबालिकाहरु बिद्यालय निरन्तर गर्न सकेको भन्दै संस्थाको कामको प्रशंसा गरेका थिए ।
कार्यक्रमको संचालन चिल्ड्रेन–नेपाल बालबालिका युबा तथा परिबार कल्याण शाखाका सह संयोजक रमेश सुबेदीले गरेका थिए ।