७६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा दलबहादुर पक्राउ

गन्थन डेस्क

आइतबार बाराको कोल्हवी नगरपालिका ८ बाट दलबहादुर लामा पक्राउ परेका छन् ।

लामाले ७६ वर्षीया महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आइतबार बिहान अन्दाजी पौने १० बजे वृद्धालाई मकैबारीमा लगि जबर्जस्ती बलात्कार गरेको अभियोगमा ३९ वर्षीय लामा समातिएका हुन् ।

लामालाई हाल बारा जिल्ला अदातलबाट पहिलोपटक ५ दिनको म्याद थपेर हिरासतमा राखि अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...