पोखरा । नेपालमा थप १ सय २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा १ सय २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये ४२ जना महिला तथा ८० जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ । हाल नेपालमा १ हजार ५ सय ८१ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप १ सय ४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार २ सय ४ पुगेको छ ।
नेपालमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ हजार ५५ पुगेको छ । हाल नेपालमा ९ सय ६० जना कोरोना भाइरस संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ५९ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालमा १७ जना कोरोना भाइरस संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मुगु, अछाम तथा रुकुम पश्चिम सक्रिय कोरोना भाइरस संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला हो ।