विप्लव देवको खुलाशाः नेपालमा भाजपाको शाखा विस्तार गर्दै सरकार बनाउने योजना

दिपक के श्रेष्ठ

भारतीय राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय जनता पार्टीको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् ।

भाजपाद्वारा त्रिपुराको राजधानी अग्रतलामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री देवले गृहमन्त्री अमित शाहको हवाला दिँदै भाजपाले अन्तर्राष्ट्रिय शाखा खोल्न लागेको उल्लेख गरे । जसअनुसार देवले छिमेकी मुलुक नेपाल र श्रीलंकामा भाजपाको शाखा विस्तार गर्ने योजना रहेको सुनाए ।

उक्त कार्यक्रममा देवले भने, ‘गृहमन्त्री अमित शाहको नेपाल र श्रीलंकामा भाजपाको शाखा विस्तार गर्ने योजना छ ।’ यस समाचारलाई भारतीय मिडिया एनडिटिभीलगायतका मिडियाले महत्वकासाथ स्थान दिएका छन् ।

भाजपाका पूर्वीय क्षेत्र सचिव अजय जामवालले गृहमन्त्री शाहलाई भारतका अधिकांश राज्यमा भाजपाको सरकार गठन भएको जानकारी दिएपछि शाहले अब नेपाल र श्रीलंकामा शाखा गठन गरी सरकार स्थापना गर्न बाँकी रहेको देवले उल्लेख गरेका छन् ।

भारतीय मिडिया आउटलुक इन्डियामा उल्लेख भए अनुसार देवले भनेका छन्, ‘गृहमन्त्री शाहले नेपाल र श्रीलंकामा शाखा गठन गरी चुनाव जितेर सरकार बनाउने बताएका छन् ।’

समाचारको ओरिजिनल लिंक

https://www.outlookindia.com/website/story/india-news-bjp-govt-in-nepal-sri-lanka-biplab-dev-says-amit-shah-has-overseas-expansion-plan/374315

कमेन्टहरु
Loading...