नेकपा प्रचण्ड–नेपाल समुह तथा कांग्रेसद्वारा प्रदेश १ को वार्षिकोत्सव कार्यक्रम बहिस्कार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका नेताहरु सहित नेपाली कांग्रेसले प्रदेश १ को वार्षिकउत्सवका अवसरमा आयोजित कार्यक्रमलाई अघोषित रुपमा नै बहिस्कार गरेका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा आज तेस्रो वार्षिकउत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रचण्ड–नेपाल समुहका नेताहरु उक्त कार्यक्रममा सहभागी भएका छैनन् । उक्त समुहका नेता इन्द्र आङ्बोका अनुसार सरकारको वैधता सकिएकाले वार्षिकउत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी नभएको हो ।

नेपाली कांग्रेस पनि कार्यक्रममा सहभागी नभएको अवस्थामा पार्टीका १ जना सांसद भने सहभागी भएका छन् । कांग्रेसबाट प्रदेश नम्बर १ मा सांसद बनेकी बिन्दिया कार्की कार्यक्रममा सहभागी भएकी हुन् ।

पार्टीका प्रमुख सचेतक केदार कार्कीले आफूहरुकै पार्टीको कार्यक्रम भएकाले वार्षिकउत्सव कार्यक्रममा सहभागी हुन नसकेको प्रतिक्रिया दिएका छन् । प्रदेश सरकार संसद छल्न लागेकाले पनि सहभागी नभएको उनको भनाई छ ।

कमेन्टहरु
Loading...