पोखराका खिम विश्वव्यापी फोटो अवार्ड ‘युरोर्डिस’को फाइनलमा, भोटको अपील

गन्थन डेस्क

दुर्लभ रोगबाट ग्रसित भएर जीवन बिताइरहेका व्यक्तिहरुको दिनचर्या समेटिएको शीर्षकमा आयोजित विश्वव्यापी फोटो प्रतियोगितामा पोखराका फोटोग्राफर खिमकाजी लामिछाने उत्कृष्ट पाँचमा पर्दै फाइनलमा पुग्न सफल भएका छन् ।

अमेरिकाका वरिष्ठ फोटो पत्रकार मार्कस ब्लिडेलद्वारा आयोजित प्रतियोगिता ‘युरोर्डिस फोटो अवार्ड’मा लामिछानेले ओस्टिओजेनेसिस इमपर्फेक्टा (ओआई)बाट पीडित बच्चालाई विद्यालय जान ह्विलचेयरमा सघाइरहेकी महिलाको तस्बिर सहभागी गराएका छन् । तस्बिरमा देखाइएको बालक र महिला लामिछानेकै छोरा र श्रीमती हुन् ।

तस्बिरमा ‘ओ आई’ क्याप्सन लेखिएको छ ।  ओआई सजिलै हाँड भाँच्चिने रोग हो । ओ आइबाट ग्रसित भई हिड्न नसकेपनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश तस्बिरले दिन खोजेको फोटोग्राफर लामिछानेले गन्थनलाई बताए । ‘खुट्टा भाँच्चिएपनि पढ्ने इच्छा र उत्साह भाँच्चिदैन’ लामिछानेले भने ‘मेरो फोटोको यही सन्देश हो ।’ उनले विश्वव्यापी अवार्डको फाइनल चरणमा पुग्नु आफैमा गर्विलो क्षण रहेको जनाएका छन् ।

प्रतियोगिताको फाइनल ‘रेयर डिजिज डे’ अर्थात् २४ फेब्रुअरीमा हुने बताउँदै उनले सामाजिक सञ्जालमा प्राप्त भोटलाई आधार मानेर विजेता चयन गरिने जानकारी दिए । लामिछानेले आफु नेपालबाट प्रतिनिधित्व गरेको भन्दै सम्पूर्णमा भोट गरिदिन अपील समेत गरेका छन् ।

युरोपियन अर्गनाइजेसन फर रेयर डिजिज (युरोर्डिस)को आयोजनामा भएको फाइनल प्रतिष्पर्धाका अन्य सहभागीमा आइसल्याण्ड, अमेरिका, स्लोभाकिया र अष्ट्रियाका फोटोग्राफर एवं फोटो पत्रकार रहेका छन् ।

– फोटोग्राफर लामिछानेलाई भोट गर्न याे लिंकमा जानुहोस् ।

OI Can

Disease: Osteogenesis Imperfecta

Caption: My son Animesh, Osteogenesis Imperfecta, got a fracture in his femur and my wife took him to school in a stroller.

Photographer: Khim Bahadur Lamichhane

Country: Nepal

EURORDIS Photo Award

कमेन्टहरु
Loading...