काम गर्न नदिइएपछि संविधानअनुसार प्रतिनिधिसभा विघटन गर्न बाध्य भएँः प्रधानमन्त्री ओली

सुमन थापामगर

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा चल्नै नसक्ने अवस्थामा पु¥याइएको बताएका छन् । बुटवलमा आयोजित आम सभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले पार्टी र मुलुकलाई बलियो बनाउनेभन्दा पनि आफू र आफ्नो गुट बनाउने अभियानमा लागिपरेको उनले आरोप लगाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा नफुटेको भन्दै प्रधानमन्त्री ओलीले देश विकासमा लैजानेतर्फ उन्मुख हुन नसक्नेहरु चोइटिएर गएको बताए । ‘पार्टी फुटेको होइन, केही व्यक्तिहरु, स्वार्थी तत्वहरु पार्टीबाट बाहिर गएका हुन् ।’

केही नेताहरुले थोरैलाई सहभागी गराएर आफूलाई जहिले पनि आम सभा कस्तो हुन्छ, यहाँ हेर्न आउनुस् ओली ज्यु भन्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले आम सभा हेर्नका लागि बुटवल आउनुपर्ने बताए । ‘यहाँ सानो समुहलाई एकै स्थानमा भेला आयोजना गरेर आम सभा कस्तो हुन्छ, हेर्न आउनुस् भन्छन् ।’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुको त देशभरीबाट हुन्, बुटवल आउनुस्, यहाँ त केही नजिकका जिल्ला तथा लुम्बिनी प्रदेशबाट मात्र आम जनता राजनीतिक स्थिरताका लागि बुटवल आएका हुन् ।’

प्रतिकुलताका साथ विकासका काममा लागिरहेको सरकारलाई गत वर्षको वैशाखबाट नै ढाल्न सुरु भएको उनले आम सभामा बताए । आफूले प्रधानमन्त्रीलाई के कारणले र किन हठाउनुप¥यो भन्दा उनीहरुसंग जवाफ नै नभएको उनले बताए । ‘मैले किन हटाउनुप¥यो प्रधानमन्त्री र अध्यक्ष पदबाटभन्दा मलाई प्रधानमन्त्री चाहियो र मलाई पार्टी अध्यक्ष चाहियो भनियो ।’ उनले भने, ‘काम गर्न नदिएर पार्टीमा फुट ल्याइयो ।’ ३ वर्षदेखि संवैधानिक निकायमा नियुक्त गर्न नसकिएको उनले बताए । पार्टीमा समेत ३ वर्षमा केही काम गर्न नसकिएको उनको भनाई थियो । ‘उहाँहरु चोइटिएर जानुभयो, तपाईंहरुले थाहा पाउनुभयो, किन नियुक्त हुन नसकेको रहेछ भन्ने कुरा ।’

केही समयदेखि पार्टीमा शुद्धीकरण आवश्यक रहेकामा केही व्यक्ति छुटेर गएको उनले कार्यक्रममा बताएका छन् । सरकारले गरेका राम्रा तथा सकारात्मक कार्यलाई स्वीकार गर्ने हिम्मत केही व्यक्तिमा नभएको उनले बताए । ‘आन्दोलनले शुद्धीकरण खोजेको थियो । आज उहाँहरु आफैं बाहिर गएर महान् शुद्धीकरण भएको छ ।’ उनले भने, ‘अब पार्टी विचार, उद्देश्य तथा देश बनाउने संकल्प बनेको पार्टी बनेको छ । केही मानिस बाहिर गएका हुन्, कठैबरा भन्नुपर्ने गएनन्, पार्टीको बद्नाम गर्ने, आचरणहीन पार्टी रहेछ भन्ने पार्ने छुटेर गए ।’

अरु डेढ २ वर्ष यो सरकार चल्यो भने नेकपा नै नेपालमा महत्वपूर्ण हुन्छ भन्ने विचारका साथ देशी विदेशी शक्तिहरु वर्तमान सरकार ढल्न जोडतोडले लागिपरेको प्रधानमन्त्री ओलीले बताएका छन् । संविधान विपरीत नभएर संविधान सम्मत् तरिकाले प्रतिनिधिसभा विघटन गरेको उनले स्पष्ट पारेका छन् । ‘मैले चलाउन नसक्ने भएपछि, फेरी अनुचित समीकरण बन्ने भएपनि प्रतिनिधिसभा विघटन गर्नुप¥यो ।’ उनले भने, ‘आफ्नै पार्टीका केही नेताले देशलाई अलोकतान्त्रित तरिकाले चलाउन खोजेपछि विघटन गर्न बाध्य भए ।’

अदालतलाई दवाव दिने अनेक कार्य भइरहेको उनले आरोप लगाएका छन् । ‘अदालतलाई अनेक दवाव दिने कार्यहरु भइरहेका छन्, संसद पुनस्थापना गरेर देशलाई अस्थिरतातर्फ धेकेल्न काम हुँदैन ।’ लोकप्रिय हुन चाहनेले जनादेशमा जान डराउन नहुने उनले बताएका छन् । आफूहरुले ५० लाख समानुपातिक मत ल्याउने प्रधानमन्त्री ओलीले दावी गरेका छन् । ‘उहाँहरुलाई राम्ररी थाहा छ, उहाँहरुको नेपाली नागरिकलाई छक्याउने, झुक्याउने सबै समय गइसक्यो ।’ उनले भने, ‘उहाँहरुले आम नागरिकलाई टाउकोमा कात्रो बाँधेर हिंड सिकाउनुभयो, तर अहिले उहाँहरुलाई पदमा पु¥याउने लडाकुको अवस्था कुन स्थानमा हुुनुहुन्छ, भनिरहनुपर्दैन ।’

प्रचण्डले झठा सपना देखाएर सहीद, अपांग तथा टुहुरा बनाइएकाहरुलाई वर्तमान सरकारले हुर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले घाइतेलाई उपचार तथा उनीहरुको परिवारका सदस्यलाई रोजगारी दिने उनले बताएका छन् ।

प्रत्येक जनयोद्धालाई परिचयपत्र दिने समेत उनले बताएका छन् । प्रचण्डले प्रर्व लडाकुको दुखमा आँसु खसाल्न नसकेको उनको आरोप थियो । ‘अस्ती एक जनाले मलाई आँसु खसाल्यो भन्नुभयो, तर उहाँहरुले त कसैको दुखमा आंसु खसाल्नुहुन्न ।’

कमेन्टहरु
Loading...