पोखरा । नेपालमा थप ५७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ५७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये २७ जना महिला तथा ३० जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ । हाल नेपालमा १ हजार ६ सय ३१ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १ हजार ९ सय जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप १ सय ३३ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार नेपालमा यो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबा कसैले ज्यान गुमाएनन् । हाल नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या २ हजार ५४ रहेका छन् ।
हाल नेपालमा ९ सय ८२ जना कोरोना भाइरस संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ५६ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालमा १७ जना कोरोना भाइरस संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै इलाम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, अछाम तथा रुकुम पश्चिम सक्रिय कोरोना भाइरस संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला हो ।