प्रचण्ड–नेपाल समुह प्रधानमन्त्री, राष्ट्रपति तथा पार्टी अध्यक्ष पदका लागि सडकमा गएः मन्त्री रायमाझी

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड–नेपाल पक्षले पार्टी एकतापश्चात् विभिन्न हर्कत गरेर फुट गराउन खोजेको आरोप लगाएका छन् ।

आज ओली पक्षको नेकपाको बुटवलमा आयोजित आम सभामा बोल्दै आफैंहरुको समर्थनमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा पार्टीको एकता सिफारिस गरिएको भए पनि सहमतिलाई तोडेर पूर्व एमाले तथा पूर्व माओवादीको टोली बनाएर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदबाट अपदस्थ बनाउन खोजिएको उनको आरोप लगाएका हुन् । आफूले उक्त समुहका नेताहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीविरुद्ध त्यस्तो नगर्नुस्, सडकमा पुग्नुहुन्छ भनिरहँदा समेत अटेर गरेको र आज उनीहरु सडकमा पुगेको उनको भनाई थियो ।

निर्वाचन आयोगले पार्टी अध्यक्षका रुपमा ओलीलाई मात्र चिनेको र भनिसकको भन्दै रायमाझीले बताए । प्रचण्ड–नेपाल समुहसंग ओलीको हस्ताक्षरसहित चुनावमा जाने, पार्टी फुटाएर चौइटिएर जाने या फेरी मोहन वैद्यसंग जाने बाहेक अर्को विकल्प नभएको उनले बताएका थिए । सडकमा पुगेर आन्दोलन गर्दैमा केही निष्कर्ष नआउने उनले बताएका छन् ।

प्रचण्ड–नेपाल समुहले हाल संसद पुनःस्थापना हुने दावी गरिरहँदा उनले संसद पुनःस्थापना हुने कुनै अवस्था नभएको मन्त्री रायमाझीले स्पष्ट पारेका छन् । प्रचण्ड–नेपाल समुहले देशमा समृद्धि, विकास हामी गर्छौं भनिरहँदा मांसाहारी आन्दोलनतर्फ उन्मुख भएको उनले आरोप लगाए । तत्कालीन माओवादी शान्ति प्रक्रिया आएको वर्षौं भए पनि प्रचण्डले हिंसाको बाटो त्याग्न नसकको आरोप लगाएका छन् ।

प्रचण्ड–नेपाल समुह मुलुकको विकास तथा निर्माणका लागि नभएर पद तथा प्रतिष्ठाका लागि सडकमा भएको उनको दावी थियो । प्रधानमन्त्री, पार्टी अध्यक्ष तथा राष्ट्रपति पदका लागि सडकमा जाँदा जनताले साथ नदिने उनले बताए ।

पार्टी अध्यक्ष पाउन महाधिवेशनमा जान भन्दा नमानेको उनको आरोप थियो ।

कमेन्टहरु
Loading...