नेपाली भूमि खोस्नेसंग नै प्रचण्ड–नेपाल समुहले सहयोग मागेः नेता भट्ट

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका नेता लेखराज भट्टले हिजो कालापानी, लिपुलेक लगायतका स्थानलाई हाम्रो हो भन्न नसक्नेहरुले विदेशीलाई नै हाम्रो साथ दिनुप¥यो भन्दै सहयोग मागिरहेको बताएका छन् ।

आज ओली समुहले बुटवलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता भट्टले कालापानी, लिम्पियाधुरी, लिपुलेक लगायतका स्थानलाई नेपालको हो भन्ने प्रमाणसहित प्रधानमन्त्री केपी शर्मा ओलीले भनेपछि केहीलाई सह्य नभएको उनले आरोप लगाएका हुन् । संघीयताको रक्षाका लागि प्रधाानमन्त्री ओली नै समक्ष रहेको उनको दावी थियो ।

कमेन्टहरु
Loading...