काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कुच्न सक्छु भन्दै भ्रम पालिरहेको आरोप लागएका छन् ।
आज शनिबार पेरिसडाँडामा आयोजना भएको सहीद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दशकौंको संघर्षमार्फत् जनताले प्राप्त गरेको संविधानमाथि ओलीले घात गरेको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीलाई प्रचण्डले सहीदहरुको रगतले बनेको संविधान तथा लोकतन्त्रलाई कुच्न सक्छु भन्ने ठूलो भ्रम लिएको भए त्यो भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् ।
परिवर्तनलाई रोक्न खोजेको अवस्थामा चिहानबाट हजारौं कंकालहरु निस्कने र ओलीविरुद्ध धावा बोल्ने प्रचण्डले चेतावनी दिए ।
सहीदको सपनालाई ओलीले कुल्चने प्रयास गरेको भन्दै प्रचण्डले आवश्यक परेको खण्डमा आफूहरु बलिदान दिनबाट समेत पछाडि नहट्ने बताएका छन् ।