काठमाडौं । आज रुपन्देहीको बुटवलमा नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहले शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गर्दै छ । मध्यान्ह १२ बजेपछि बुटवलको वडा नम्बर ५ स्थित सिद्धेश्वर माविको प्रांगणमा हुने उक्त आमसभा पनि शक्ति प्रदर्शनका क्रममा नेकपा ओली पक्षले २ लाख जनता उतार्ने दावी गरेको छ ।
नेकपा ओली समुहका प्रदेश इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका अनुसार १ लाख रुपन्देही जिल्लाबाट तथा अन्य जिल्लाका १ लाख जनता सभामा सहभागी हुने छन् ।
आम जनतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको बाध्यता तथा परिस्थितिका विषयमा स्पष्ट जानकारी दिन आम सभाको आयोजना गरिन लागेको पोखरेलले बताएका छन् ।