काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य तथा पार्टीका युवा इन्चार्ज समेत रहेको इस्लाम हवारी प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान बालुवाटारमा आयोजित विशेष कार्यक्रमका बीचमा हवारीलाई नेकपामा स्वागत गरेका थिए ।
हवारीले वीरगञ्जमा रहेका जसपाका विभिन्न नेता तथा कार्यकर्ताहरु समेत ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने क्रममा रहेको उक्त अवसरमा बताएका छन् । वीरगञ्ज निवासी हवारीलाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले उत्कृष्ट तरिकाले काम गर्न शुभकामना दिएका थिए ।