काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल भारतको दिल्ली प्रस्थान गरेका छन् । वरिष्ठ नेता खनाल उपचारका लागि आज बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट भारतको राजधानी नयाँ दिल्ली उडेका हुन् ।
उनी नियमित फलोअपका लागि दिल्ली प्रस्थान गरेको र ४ दिन पश्चात् नेपाल फर्किने कार्यक्रम रहेको नेता खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
स्वकीय सचिव भट्टराईका अनुसार उनको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा उपचार हुने छ ।
खनालका साथमा उनी श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छिन् ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार वरिष्ठ नेता खनाल स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि चीन जान चाहेका थिए । तर चीनमा १४ दिन क्यारेन्टिन बस्नुपर्ने बाध्यता हुने भएपनि उनी उपचारका लागि भारत गएका हुन् ।