सप्तकोशीमा घिमिरे बग्दै गर्दा श्रेष्ठले ज्यानको पर्वाह गरेनन्

गन्थन डेस्क

सशस्त्र प्रहरी नदीमा हामफला सुनसरीको शक्तिपीठ बराहक्षेत्र मन्दिर नजिक सप्तकोशी नदीमा नुहाउने क्रममा डुब्न पुगेका भुवन घिमिरेलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

बुधबार नुहाउने क्रममा बराहक्षेत्र नगरपालिका ५ का ६० वर्षीय घिमिरेलाई डुब्दै, उत्रदै बगिरहेको देखेपछि सशस्त्रका सहायक हवल्दार डम्बर श्रेष्ठले जीवितै उद्धार गरेका हुन् । सुनसरीकै हरिनगर गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालनार्थ जाँदै गर्दा सहायक हवल्दार श्रेष्ठले घिमिरै बग्दै गरेको देखेपछि बचाउन पुगेका थिए ।

सशस्त्रको समूहले पावरबोटमार्फत हरिनगरतर्फ जाँदै गरेको बेला बग्दै गरेका घिमिरेलाई देखेका थिए । घिमिरेलाई देख्नेबित्तिकै श्रेष्ठ नदीमा हामफालेका थिए ।

उद्धारपश्चात् घिमिरेलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ ।

तस्बिरः एपीएफ, सुनसरी

कमेन्टहरु
Loading...