रामकुमारी झाँक्रीको गिरफ्तारीपछि गृहमन्त्री बादलको राजीनामा माग

काठमाडौं । युवा नेत्री रामकुमारी झाँक्रीको गिरफ्तारीपछि युवाहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा मागेका छन् ।

शंखमुलस्थित झाँक्रीको निवासबाट नाराबाजी गर्दै बानेश्वर चोकतर्फ निस्केका युवाहरुले रामकुमारी झाँक्रीलाई रिहाईको माग गर्दै गृहमन्त्रीको राजीनामा मागे गरेका हुन् ।

युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका छन् । प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तरर्गत पक्राउ गरेको हो ।

राज्यविरुद्धको कसूर दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिएमा राज्यविरुद्धको कसूर मानिने उल्लेख छ ।

कमेन्टहरु
Loading...