आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा झाँक्रीलाई सोधपुछ गरिदैँ

काठमाडौं । विभाजित नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछ गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई सोधपुछ गर्ने भएको हो ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले विघटित प्रतिनिधिसभा सदस्य झाँक्रीलाई गोरखामा केही दिनअघि दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न बोलाइएको पुष्टि गरेका छन् । यदि झाँक्री आफैं उपस्थित नभए पक्राउ गर्ने प्रहरीको तयारी छ ।

झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । सो भाषणमा झाँक्रीले सेतो सारी लगाएर भोट माग्ने प्रवृतिको समेत विरोध गरेकी थिइन् ।

कमेन्टहरु
Loading...