जनसभामा प्रचण्डको हुँकारः लोकतन्त्रको पक्षमा फैसला नआए नेपालमा आँधीबेहरी आउँछ

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले सही निर्णय गर्छ भन्ने आफू विश्वस्त रहेको बताएका छन् । आज राजधानीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतलाई आजको जनसहभागिताले पनि लोकतन्त्रको पक्षमा फैसला गर्न सहज भएको ठान्ने उनले बताएका हुन् । यदि लोकतन्त्रको पक्षमा फैसला नआए नेपालमा आँधीबेहरी आउने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी ओली जस्तो निरंकुश शासकको पक्षमा सर्वोच्चले फैसला गर्छ भन्ने विश्वास आफूले नगर्ने उनले बताए । ओली पक्षमा २ जना मन्त्रीहरु आफ्नो पक्षमा आउनका लागि छलफल चलिरहेको दावी गर्दै कार्यक्रममा प्रचण्डले आलीले धेरै अपराध गरेको दावी गरेका थिए । आफूहरुको भगवान् नागरिक भएको बताउँदै ओलीको प्रतिगामी कदमविरुद्ध आफूहरु नागरिक स्वरुप भगवानसंग आएको उनले बताए ।

ओलीले आफ्नै निर्वाचन क्षेत्रमा गएर राम मन्दिर बनाउने घोषणा गरेर नागरिकलाई ठगेको र नाटक गरेको उनले आरोप लगाएका छन् । अनुसन्धान नगरेर नै राम मन्दिर बनाउँदा त्यहाँका नागरिकको आर्थिक वृद्धि हुन्छ भने आफू सधैं विकासको पक्षमा रहेको प्रचण्डको दावी थियो । ‘तपाईं जस्तो ठग, तपाईंको नाटक यो ३ वर्षमा मैले चिनेको छु ।’ उनले भने, त्यसैले म चुनौती दिन चाहनछु, रामको जन्मभूमि यही हो भन्दै पुरातात्विक अनुसनधान गर्नुस् । होइन भने त्यस्ता नाटकको काम छैन ।’ तत्कालीन एमालेमा रहँदा समेत माधवकुमार नेपाल लगायतका नेताहरुलाई ओलीले हरेक पटक अपमान गरेको उनको आरोप थियो ।

पार्टीको घोषणापत्रमा विभिन्न रणनीति तथा योजना भए पनि केपी ओलीले सो योजना तथा रणनीतिमा तुसारापात गरेको प्रचण्डले आरोप लगाएका छन् । आफूहरुलाई प्रधानमन्त्रीको पद तथा कुर्सी नचाहिएको भन्दै प्रचण्डले जनताको अगाडि गरेका घोषणालाई पुरा गर्न नागरिकको साथ चाहिएको उनले बताए । हाल ओलीले नागरिकलाई झुठो आश्वासन दिइरहेको उनको आरोप थियो ।

आफूहरु प्रगतीको बाटोमा रहेको उनले दावी गरे । नेपाललाई सुन्दर, शान्त तथा विकसित बनाउने सपना बाहेक आफ्नो योजना नभएको उनले बताएका छन् । ‘मेरो बाँकी रहेको जीवन प्रधानमन्त्रीको पद तथा कुर्सीका लागि होइन, समृद्ध नेपाल, नागरिकको हकहित, शान्ति व्यवस्था तथा आर्थिक समृद्धिका लागि व्यतित गर्ने छु ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचन कुनै पनि हालत नहुने प्रचण्डले दावी गरेका छन् । हाल घोषणा गरिएको निर्वाचन कुर्सी बचाउने एउटा बाहना मात्र भएको उनको भनाई थियो । निर्वाचन गराउँछु भन्दै हिंड्ने ओलीको नौटंकीको विश्वास नगर्न उनले सबैलाई आग्रह गरेका थिए । ‘केपी ओलीको चुनावी नाटकको कुनै तुक छैन, त्यसको भर नगरौं ।’ उनले भने, ‘यो ओलीको नौटंकी मात्रै हो ।’

कमेन्टहरु
Loading...