पोखरा । नेपाल कम्युनस्टि पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले जनसभाका सहभागी भएका आम नागरिकको भावनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्न नसकेको आरोप लगाएका छन् ।
आफूहरुको जनसभामा प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरीत हो भन्ने आम नागरिकहरु समभागी भएको दावी गर्दै नेपालले केपी ओली नेतृत्वको सरकारले यस विषयमा सुन्न नसकेको बताएका हुन् । आज राजधानीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले लोकतन्त्रको हत्यारालाई पशुपतिनाथले पनि माफी नदिने उनले बताएका हुन् ।
ओली नेतृत्वको सरकारको समयमा बलात्कार तथा हिंसाका घटना घटिरहेको र उनीहरुको आत्माले श्राप दिइरहेको उनले बताएका छन् । आम नेपाली जनताले मात्र नभएर पशुपतिनाथले पनि धिक्कारिरहेको उनको भनाई थियो ।
केपी ओलीसंग केही हजार मान्छे बाहेक कोही नभएको उनले दावी गरेका छन् । भ्रष्टाचारको सारा रकम तथा सरकारी सवारीसाधनको प्रयोग गर्दा समेत ओलीको कार्यक्रममा केही हजार मात्र व्यक्ति आएको उनले दावी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बारम्बार गएर धम्क्याइरहेको आरोप लगाउँदै उनले निर्वाचन आयोगले अन्यता निर्णय गर्न नपाउने उनले चेतावनी दिएका छन् । ओली कुनै एउटा गुटको अध्यक्ष भएको तर नेकपाको अध्यक्ष नभएको भन्दै उनले निर्वाचन आयोगले पनि सोच्नुपर्ने उनको भनाई थियो । ओलीको तर्कमा केही दम नभएको भन्दै उनले निर्वाचन आयोगले ओलीको कुरा पत्याउन नहुने उनले बताए ।
ओली नेतृत्वको सरकारले राज्य सत्ताको दुररुपयोग गरिरहेका आरोप लगाएका छन् ।
वर्तमान प्रधानमन्त्ती ओली नसच्चिने तथा प्रतिनिधिसभा पनि जिउँदै भएको उनले कार्यक्रममा बताएका छन् । ‘हामी जिउँदै छौं, हामी यही छौं, हामीले नै पञ्चायतलाई फालेका हौं, हामीले नै शाही शासनलाई निमिट्यान्न पा¥यौं, केपी ओलीलाई संघीयताप्रति माया छैन, उनी समावेशितालाई पनि मान्दैनन्, प्रधानमन्त्री ओली प्रतिगामीका प्रतीक हुन् ।’ उनले भने, ‘हामीले सबै तहका जनतालाई शान्तिपूर्ण तरिकाले, आर्थिक समृतिसहित बाँच्न पाउन अधिकार दिन चाहान्छौं । तर केपी ओलीले यो विषयमा कहिले पनि छलफल गर्न मानेनन् ।’
आफूहरु नै आधिकारिक पार्टी भएको र सूर्य चिन्ह पनि आफूहरुले नै पाउने उनले दावी गरेका छन् ।
‘सूर्य चिन्ह हामीसंग छ, केपी ओलीसंग त बयलगाढाको चिन्हमात्र छ ।’ प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविद्धको आन्दोलन न्याय नपाउँदासम्म जारी रहने उनले दावी गरेका छन् ।