ओलीलाई पशुपतिनाथले पनि साथ दिंदैनः नेता पन्त

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपालले काम गर्न दिएनन् भन्दै राइलो गरेको आरोप लगाएका छन् । आज आयोजित जनसभामा आफ्नो भनाई व्यक्त गर्दै उनले भने, ‘प्रचण्ड–नेपालले काम गर्न नदिएको भए तपाईले भन्नु भएको विकासका कामहरु कसरी भए, जुन विषय तपाईंले हरेक कार्यक्रममा भन्नुहुन्छ ।’

ओलीको साथ अब पशुपतिनाथले पनि दिन नसक्ने उनले बताए । हालका पशुपतिनाथ नागरिक भएको भन्दै पन्तले नागरिकहरु आफूहरुको साथमा रहेको उनले दावी गरे । पशुपतिले साथ दिएको भए तत्कालीन राजा वीरन्द्रको वंश नास नहुने तथा ज्ञानेन्द्रले दरबार छोड्नुपर्ने अवस्था नआउने उनले बताएका छन् । ‘राजा वीरन्द्रले जहिले पनि आफ्नो भनाईको अन्त्यमा पशुपतिनाथले रक्षा गर्नुस् भन्ने गर्थे, यदि पशुपतिनाथले रक्षा गर्ने भए उनको वंश नै नास हुँदैनथ्यो र ज्ञानेन्द्रले पनि गद्दी छोड्नुपर्दैनथ्यो ।’

कमेन्टहरु
Loading...