काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एकैरातमा नै नागरिकले दशकौं संघर्ष गरेर ल्याएको संविधान च्यात्ने काम भएको भन्दै आफूहरु बोल्नबाट नझुक्ने बताएकी छिन् ।
राजधानीमा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको जनसभामा आफ्नो व्यक्त गर्दै उनले आफूहरुलाई बोल्न पाइँदैन भन्नु गलत भएको झाँक्रीको दावी थियो । नकारात्मक विषयमा राष्ट्रपतिको विरोध गर्दैमा महिलाको अस्मितामाथि हमला नहुने उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीलाई अहंकारीको संज्ञा दिंदै उनी ओलीको कठपुतलीमात्र बनेको उनको आरोप थियो ।
प्रतिनिधिसभा पुनःस्थापना नभएको अवस्थामा नेपालको संविधान नभएर ओलीतन्त्रमात्र हुने उनले बताइन् । ओली प्रवृत्ति कहिले नदोहोरिने गरेर परास्त गर्ने समय आएको उनको भनाई थियो ।